यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाउने « Khabarhub

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाउने


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाउने भएका छन् ।

आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाञ्छना, विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्व मनाउने गरेको अभियान्ता भूमिका श्रेष्ठको भनाइ छ ।

यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन् ।

यो अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज निर्माण गर्न सञ्चारकर्मी तथा सामाजिक अभियान्ताको भूमिका महत्त्वपूर्ण रहन्छ । यस समयमा समुदायले भोगेका समस्याको कथालाई बाहिर ल्याउने, सफलताका कथालाई प्रचार गर्ने, समुदाको मानवअधिकार प्रयोगको स्वतन्त्रताका आवाज उठाउन सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : ०० बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट