यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाउने « Khabarhub

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रा मनाउने


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले तेस्रोलिङ्गी तथा पारलिङ्गी व्यक्ति र विविध लैङ्गिक प्रस्तुति भएका व्यक्तिले भेला भएर आफ्नो लैङ्गिक पहिचान प्रस्तुत गरी गाईजात्रा मनाउने भएका छन् ।

आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाञ्छना, विभेद घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्व मनाउने गरेको अभियान्ता भूमिका श्रेष्ठको भनाइ छ ।

यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन् ।

यो अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज निर्माण गर्न सञ्चारकर्मी तथा सामाजिक अभियान्ताको भूमिका महत्त्वपूर्ण रहन्छ । यस समयमा समुदायले भोगेका समस्याको कथालाई बाहिर ल्याउने, सफलताका कथालाई प्रचार गर्ने, समुदाको मानवअधिकार प्रयोगको स्वतन्त्रताका आवाज उठाउन सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : ०० बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।