बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी | Khabarhub Khabarhub

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ ।

यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मङ्गलबार दुई हजार २७२ जना थप बिरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : ०९ बजे

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई