नेपाली जनताले एमसीसी स्वीकार गरेका छैनन्, कार्यान्वयन हुन दिन्नौँ : महासचिव विप्लव | Khabarhub Khabarhub

नेपाली जनताले एमसीसी स्वीकार गरेका छैनन्, कार्यान्वयन हुन दिन्नौँ : महासचिव विप्लव


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताले एमसीसी स्वीकार नगरेको भन्दै कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसी परियोजना कार्यान्वयनविरुद्ध बुधबार काठमाडौंमा नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगाएतका दलले गरेको विरोध प्रदर्शनमा बोल्दै विप्लवले मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिएका हुन् ।

उनले एमसीसी आयोजना बिकास नभएको र नेपाली सार्वभौमिकताको विनास भएको र साम्राज्यवादको अतिक्रमण भएकाले अस्वीकार गरिएको धारणा राखे । उनले सरकारले उचालेको भरमा एमसीसी अघि बढाउन खोजे जनताले प्रतिकार गर्ने जिकिर गरे ।

विप्लवले सरकारले साँच्चिकै विकास चाहेको भए प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्ष वा साम्राज्यवादको पक्षमा उभिने भन्ने प्रष्ट पार्नुपर्ने उल्लेख गरे ।

मुलुकको वामपन्थी समाजवादीहरुलाई सखाप पार्ने नियतका साथ अमेरिकाले नेपालमा एमसीसी लाद्न खोजेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ११ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध