काठमाडौँका यी क्षेत्रमा आज र भोलि सवारी निषेध | Khabarhub Khabarhub

काठमाडौँका यी क्षेत्रमा आज र भोलि सवारी निषेध


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ ।

काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुँपुन्हि (क्वाति पुन्हि) र सापारु (गाइजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक–गोफल–ब्रम्हटोल–बन्डे–ह्युमत जैशिदेवल–कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

यस्तै, टंगाल–न्ह्यखा–बाङ्गेमुढा, न्हैकन्तला, असन, कमलाछि, भोटाहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : ५८ बजे

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा