प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ | Khabarhub Khabarhub

प्रहरी थुनुवा कक्षबाट भागेका युवक पक्राउ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरको महेन्द्रनगर वडा प्रहरी कार्यालयको भेन्टिलेसन तोडेर भागेका एक थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ।

बुधबार राति थुनुवा कक्षको भेन्टिलेटर तोडेर भागेका बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायकलाई प्रहरीले भीमदत्त नगरपालिकाको भाँसीबाट बिहीबार बिहान पक्राउ गरेको हो। 

कञ्चनपुर प्रहरीका अनुसार बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भई १९ साउनदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा थिए।

थुनुवा हिरासत कक्षको बाथरुमको भेन्टिलेसन तोडेर भागेका बडायकलाई खोज्न ३० जना प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ५ : ३२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित