थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह | Khabarhub Khabarhub

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैङ्कक– थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिए। 

थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बताएका हुन् । 

सन् २००६ मा भएको सैनिक ‘कू’ बाट अपदस्थ भएका ७४ वर्षीय अर्बपति लाई १५ वर्षको आत्मनिर्वासनबाट फर्केलगत्तै गत साता जेल पठाइएको थियो ।

उनको घर फिर्तीसँगै फेउ थाई पार्टी धेरै सैन्य समर्थक पार्टीहरूसँग गठबन्धनमा सरकारमा फर्केको थियो । यसले जेलको समय कटौती गर्न एक सम्झौता भएको थियो भन्ने व्यापक अड्कलबाजीलाई बढावा दिएको छ ।

कामचलाउ न्यायमन्त्री विसानु क्रे-ङमले थाक्सिनले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय भोगिरहेकाले माफीका लागि निवेदन दिएको जानकारी दिए । ‘हामीलाई अनुरोध प्राप्त भएको छ, बाँकी प्रक्रियाअनुसार हुनेछ,’ विसानुले सञ्चारकर्मीसँग भने । 

यो प्रक्रियामा कति समय लाग्छ भन्ने प्रश्नमा विसानुले भने, ‘यो विशुद्ध रूपमा शाही अनुग्रहमा आधारित छ । सरकारबाट प्रक्रिया लामो छैन, तर यो थाइ नरेशको सोच र निर्णयमा निर्भर गर्दछ । थाई कानुनअनुसार राजा महा वजिरालोङकोर्नसँग पुग्नुअघि कैदीहरूले न्यायमन्त्रीबाट प्रधानमन्त्रीमार्फत प्रिभी काउन्सिलमा क्षमादानको निवेदन दिन सक्छन् । अधिकारीहरूका अनुसार सबै कागजी प्रक्रिया पूरा भएमा यो प्रक्रिया एकदेखि दुई महिनासम्म लाग्छ ।

थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरू मध्ये एक मानिन्छन् । सन् २००० को सुरुतिर उनको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले उनलाई प्रधानमन्त्री चुनेका थिए ।

उनलाई देशको राजावादी र सेना समर्थक प्रतिष्ठानले निन्दा गरेको छ । जसले विगत दुई दशकको अधिकांश समय उनी र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा बिताएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ६ : ३० बजे

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई