सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौँ : मन्त्री आचार्य | Khabarhub Khabarhub

सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौँ : मन्त्री आचार्य


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरुको महासंघ–नेपालले काठमाडौंमा आयोजना गरेको देश विकासमा नागरिक संस्थाहरूको संघीयकरण, भूमिका तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आचार्यले करिव ६ वर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफूले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल गरेको बताएका हुन् ।

उनले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउनका लागि सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे । मन्त्री आचार्यले समाज कल्याण परिषद्को स्थापन भएयता विभिन्न संस्थाहरुमार्फत गाँउ गाँउमा खरबाैँ रुपैयाँका कार्यक्रम भएपनि त्यसको उपलब्धि भने देखिन नसकेको उल्लेख गरे ।

 पहुँचका भरमा बिभिन्न संस्थाहरूले मन्त्रालयमार्फत लिएर जाने बजेटलाई नयाँ नियम बनाएर सिधै स्थानीय तहका पठाउने व्यवस्था आफूले गरेको उनले बताए ।

उनले गैरसरकारी संस्थाहरूको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको र गैरसरकारी संस्थाहरूले जनताको आवश्यकता अनुसारको काम गरेर मुलुकको विकासमा साथ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ४५ बजे

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा

पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा पशुहरुमाथि ज्यादती बढ्दो 

काठमाडौं– नेपाल सरकारले जारी गरेको पशु ढुवानी मापदण्ड कार्यान्वयन नहुँदा

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक– जुगल गाउँपालिका-६ हाब्रास्थित बल्कुकुना खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका-५