नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ « Khabarhub

नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडाबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन्। उनीहरूलाई चेकजाँच गर्दा महराको साथबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान फेला पारेको प्रहरीले जनाएको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीको भनाइ छ। 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ५ : ५७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार