काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने « Khabarhub

 काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुनेछ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना लेटेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकाले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

निर्धारित समयअघि काम सकिए तत्कालै विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ०२ बजे

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ– सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत

चीनद्वारा पास्टर एज्रा जिन रिहा

बेइजिङ– चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई