इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन | Khabarhub Khabarhub

इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले २०६१ साल भदौ १६ गते हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दिप प्रज्वलन गरेको छ ।

२०६१ साल भदौ १६ (२००४ सेप्टेम्बर १) का दिन इराकमा हत्या गरिएका १२ नेपालीको सम्झनामा इराकको कुर्दिस्तान सुलेमानीस्थित हिमालयन रेष्टुरेन्टमा श्रद्धाञ्जली अर्पण तथा मृतकको सम्झनामा १०८ दीप प्रज्वलन गर्दै एक मिनेट मौन धारण गरिएको एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १९ वर्ष अघि इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी सङ्घसंस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो ।नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संलग्न  कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए ।

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतङ्कवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरूले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ४० बजे

आजका समाचार : भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा, मनाइयो कुशे औँसी र पाकिस्तानमा विनाशकारी बाढी

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाईइजरायलमा सशस्त्र समूह

पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

काठमाडौं– पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली

महाकाली सामुदायिक वनले आयमूलक कार्यक्रममा लगानी बढाउँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिका-६ वञ्जरियास्थित महाकाली सामुदायिक वनले वन पैदावारको आम्दानीलाई

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ