हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा | Khabarhub Khabarhub

हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भोजपुर– शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।

पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उनको भनाइ छ ।

पछिल्लो समयमा देशको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ’, उनले भने, ‘धेरै शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई छ । यहाँको शिक्षाको सुधार गर्ने उद्देश्यले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र–२०७९ निर्माण गरेर काम अघि बढाएका छौँ ।’

पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई समेट्दै भावी दिनमा गर्नुपर्ने कामका योजनालाई समेटिएको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

‘पाश्र्वचित्र निर्माणले शैक्षिक योजनालाई प्रभावकारीरूपमा सञ्चालन गर्न सहज भएको छ’, उनले भने, ‘यसले गाउँपालिकाको शैक्षिक सुधारमा सहजता थपिएको अवस्था छ । यहाँ समेटिएका उद्देश्य प्राप्तिका लागि गाउँपालिकाले आवश्यक काम गर्दै आएको अवस्था छ ।’

गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरूपमा कामको थालनी गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पाश्र्वचित्रले मार्गनिर्देश गरेअनुसार शिक्षाको सुधारको लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि भौतिक संरचनाको विकाससँगै सबै विद्यालयमा पुस्तकालयको विकास गर्दै प्रविधिमूलक शिक्षणमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ ।

विद्यालयमा स्थापना गरिने पुस्तकालयमा पाठ्यपुस्तकसँगै ज्ञानबर्द्धक अन्य पुस्तक सङ्ग्रह गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सगरमाथा माध्यमिक विद्यालयमा २०४१ साल जेठ २८ मा ‘सगरमाथा मावि पुस्तकालय’ स्थापना गरेर सञ्चालनमा रहेको छ ।

सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारले पाएको अधिकारअनुसार गाउँपालिकाले जिल्लामा पहिलोपटक २०७८ वैशाख १ मा ‘हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान’को स्थापना गरेर सञ्चालनमा ल्याएको अध्यक्ष राईको भनाइ छ ।

विद्यालयमा अध्ययन गराउने महिला शिक्षिकालाई शिक्षा नियमावलीमा सुत्केरी बिदा ९८ दिन हुने व्यवस्था रहेकाले उनीहरू सो बिदामा गएको अवस्थामा पठनपठनमा असर नपुगोस् भन्नका लागि गाउँपालिकाले स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति अघि सारेको अध्यक्ष राईले जानकारी दिए ।

गाउँपालिकाले थालेको यो कार्यले विद्यालयको कक्षालाई निरन्तर अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै गाउँपालिकाले एक विद्यालय एक अक्षय कोष स्थापना गर्ने कार्यक्रम सञ्चालनको तयारी थालेको छ । गाउँपालिकाभरिका उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई छनोट गरेर पुरस्कृतसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

शिक्षा नियमावलीअनुसार विद्यालयका प्रधानाध्यपकलाई थप जिम्मेवारी र कर्तव्यबोधसहित शैक्षिक सुधारमा लाग्न प्रोत्साहन गर्न प्रअ भत्तामा थप व्यवस्था गर्न लागेको गाउँपालिकाको भनाइ छ ।

विगतका वर्षबाट सबै विद्यालयमा एक–एक थान प्रिन्टर र ल्यापटप वितरणको कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रविधिमैत्री शिक्षामा जोड दिन यहाँका दुईवटाबाहेक ३५ वटा विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको भनाइ छ ।

छुटेका दुई विद्यालयमा पनि चाँडै इन्टरनेट विस्तार गरिने गाउँपालिकाले जनाएको छ । पठनपाठनमा सुधार गर्न शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गर्दै आएको जनाइएको छ ।

हतुवागढी गाउँपालिकामा ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । यहाँ चारवटा माध्यमिक विद्यालय, नौ वटा कक्षा १–८ र बाँकी २४ वटा विद्यालयमा १–५ र कक्षा १–३ पढाइ हुँदैआएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : २७ बजे

भक्तपुरमा बाबुछोराको ‘हत्या’, गायब छन् सँगै सुतेका जेठा छोरा

भक्तपुर– जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य

२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ ।

सुपारी निकासी प्रवर्द्धनमा जोड

काठमाडौं –  सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा

परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको

सरकार सात बुँदे सहमति अनुसार चल्न सकेन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको