पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते « Khabarhub

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।

पेप्सिकोलास्थित छाप्रो नजिकै गुडिरहेको बा२ज ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए ।

बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो, बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन