कृत्रिम गर्भाधारण गर्न पशु प्राविधिक निःशुल्क « Khabarhub

कृत्रिम गर्भाधारण गर्न पशु प्राविधिक निःशुल्क


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो ।

यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भीमलाल खनालले बताए । उनले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने विश्वास लिएको बताए ।

लम्पी स्किनको सङ्क्रमणले किसानका पशु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारणमा समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ । गाईभैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन ।

उन्नत जातका पशु उत्पादनमा वडावासीलाई हौसला बढाउनसमेत यो कार्यक्रमले फाइदा मिल्ने विश्वास लिइएको छ । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताए ।

यस वडामा बजार क्षेत्र भए पनि उत्तिकै मात्रामा पशुपालन गर्ने किसानसमेत छन् । याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा बढी पशुपालन हुँदै आएको छ । किसान मैत्री काम गर्न वडा तथा पालिकाले लाग्नुपर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ३६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००