श्रीलङ्कामा आँधीबाट सावधानी अपनाउन आग्रह « Khabarhub

श्रीलङ्कामा आँधीबाट सावधानी अपनाउन आग्रह


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ ।

हम्बनटोटादेखि पोट्टुभिलसम्मको समुद्री क्षेत्र र पुत्तलामदेखि मन्नार, कनकासन्थुराई हुँदै त्रिन्कोमालीसम्मको समुद्री क्षेत्रमा हावाको गति बढ्न सक्ने विभागले जनाएको छ ।

“पुत्तलामदेखि कोलम्बो र गाले हुँदै हम्बनटोटासम्म फैलिएको समुद्री क्षेत्रमा कहिलेकाहीँ हावाको गति ५० देखि ६० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्छ । उपरोक्त समुद्री क्षेत्रमा माछा मार्ने र नौसैनिक गतिविधिमा संलग्न नौसेना र माछा मार्ने समुदायहरूलाई यस सम्बन्धमा सतर्क रहन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले एक छुट्टै पूर्वानुमान जारी गर्दै देशको दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थानमा तथा गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथिको भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघगर्जन र चट्याङसहित क्षणिक रुपमा हावाहुरी र चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै