गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष : मन्त्री किराती « Khabarhub

गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष : मन्त्री किराती


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले दलहरु अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गरे।

मन्त्री किरातीले भने , “इतिहासदेखि जातीय द्वन्द्व र साप्रदायिक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्वीकार गरेका छन् भन्दै आफ्नो संस्कृतिलाई लागू गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हुँदैन ।” सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनीकरण अभियान नरोकिने भन्दै उनले अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरे ।

मन्त्री किरातीले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिए । उनले जनताप्रति उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा सहज रुपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीनवटा साना जहाज खरिद गर्न लागेको बताए ।

मन्त्री किरातीले ल्यारक्याल लामा विवादित नभएर विवाविद बनाइएको तर्क गर्दै उन नेपालको कुनै पनि संवैधानिक निकायमा दोषी नठहरिएकाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्नाका साथै यो जायज भएको बताए । उनले प्रकृति र संस्कृति नेपालको सुन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई ब्रान्डिङ गरी प्रस्तुत गर्न सकेमा लाखौँ पर्यटकको आगमन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ४३ बजे

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी