एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता « Khabarhub

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि कँडेल र रिजालको उम्मेदवारी दर्ता


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन्। प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको हो।

दुबैले उम्मेदवारी दर्ता गरेका छन्। कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन्। रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्। उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म रहेको छ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ४५ बजे

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय