होटल व्यवसायी संघ महोत्तरीको नेतृत्वमा गुन्ज कार्की निर्वाचित  « Khabarhub

होटल व्यवसायी संघ महोत्तरीको नेतृत्वमा गुन्ज कार्की निर्वाचित 


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको चौथो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो ।

विधानअनुसार बनेको कार्यसमितिमा ३ जनालाई उपाध्यक्षमा नै निर्वाचित गरिएको छ । जसअनुसार निर्वाचित हुनेहरूमा प्रथम उपाध्यक्ष अमित श्रेष्ठ, दृतिय उपाध्यक्ष बलराम श्रेष्ठ र तृतीय उपाध्यक्षमा मीन बहादुर थापा रहेको निर्वाचन मण्डलले जानकारी दिएको हो ।

यसैगरी महासचिवमा नारायण घिमिरे, सचिवमा परमेश्वर महतो, स-सचिव अमृत श्रेष्ठ, कोषाध्यक्षमा विमल भण्डारी, स-कोषाध्यक्षमा धनेश्वर साह चयन भएका छन । सदस्यहरूमा भने १२ जना निर्वाचित भएको नवनिर्वाचित महासचिव नारायण घिमिरेले जानकारी दिए ।

निर्वाचित हुने सदस्यहरूमा आरती घिमिरे, मिरा पराजुली, कमला कोइराला, बिनोद भण्डारी, मुकेश साह, साविर हुसेन, रोसन कार्की, ज्ञानबहादुर राउत, सन्तोष श्रेष्ठ, विश्वास ढुंगेल, उमेश महतो र हर्क बहादुर दाहाल रहेका छन ।

यसअघि कार्यकाल सुदीप कार्कीले नेतृत्व गरेका थिए । उनलाई  साधारणसभाले पदेन्न सदस्यमा मनोनित गरेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ३३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर