आजको फलफूल तथा तरकारीको मूल्य सूची सार्वजनिक | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य सूची सार्वजनिक


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानीय ९०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ । दुई साता अघि टमाटर १८० रूपैयाँमा खरिदबिक्री भइरहेको थियो । 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, न्युरो ९०, रातो बन्दा २०० ,लोकल काँक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्द्रुक प्रतिकेजी २८०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १० : ०२ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका