स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा | Khabarhub Khabarhub

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले सोमबार जोरपाटीमा आयोजना गरेको बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उनले संविधानको भावना विपरीत स्वतन्त्रता कमजोर हुने गरी बनाइने कुनै पनि कानूनका विरुद्ध सदन र सडकमा आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

बिपी राजनीति, दर्शन र साहित्यको त्रिवेणीका रुपमा नेपाली समाजमा स्थापित हुनुभएको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यताका जगमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनसक्ने बताए ।

दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारका बेला स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारका घटना बढेको उहाँको आरोप थियो ।

सो अवसरमा २०१५ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २६ बाट निर्वाचित सांसद ९४ वर्षीय तेजमान तुम्बाहाम्फे, बराह नगरपालिका सुनसरीका रवीन्द्र राई र सुनसरीकै मिसरु मियाँलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै रु एक÷एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ३० बजे

राप्रपा नेपालको मञ्चमा उपचार गरेर फर्किएका धवल शमशेरदेखि प्रहरी निगरानीमा रहेका नवराज सुवेदीसम्म

काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले रत्नपार्कको

नवलपरासीको सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा

राष्ट्रिय मुक्ति पार्टीद्वारा शिक्षकमाथि भएको दमनको विरोध

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंमा आन्दोलनरत शिक्षकमाथि सरकारले गरेको

कमल थापाको आयोजनामा राजावादीहरू एकैठाउँ (तस्बिरहरू)

काठमाडौं- पछिल्लो एक महिनायता एकपछि अर्को राजावादी समूह र दलले

पोखरा-मुग्लिन सडक अन्तिम चरणमा

 गण्डकी– निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब