तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ « Khabarhub

तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार तथा मुलुकमा व्याप्त दण्डहीनताको अन्त्यका लागि सरकारले चालेको कदम कुनै हालतमा नरोकिने बताए । उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले देशमा भएको राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै