तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ « Khabarhub

तस्करी र सरकार सँगसँगै रहन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् ।

चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार तथा मुलुकमा व्याप्त दण्डहीनताको अन्त्यका लागि सरकारले चालेको कदम कुनै हालतमा नरोकिने बताए । उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले देशमा भएको राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५६ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

काठमाडौं– उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सवारीसाधनमा जडान गरिएको कालो सिसा

झापामा मकै उत्पादन घट्यो 

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले