‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास « Khabarhub

‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म ५ सय करोड क्लबमा प्रवेश गरेको हो । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारतीय रुपैयाँ संकलन गरेको छ ।

फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब चलचित्रको नजर बाहुबली–२ को कलेक्शन रेकर्डमा छ । बाहुबली २ को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ५१०।९९ करोड रुपैयाँ कमाएको थियो ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै यो फिल्म सबैभन्दा छिटो ५०० करोड कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ ।
यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए । ५ सय करोड कमाउन पठानलाई २८ तथा बाहुबली २ (हिन्दी संस्करण) लाई ३४ दिन लागेको थियो ।

गदर–२ ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ । फिल्मले विश्वभर ६५० करोड भारुभन्दा बढी कमाइसकेको छ । अष्ट्रेलिया, जर्मनी, अमेरिका र बेलायत जस्ता देशहरूमा यसले राम्रो आम्दानी गरिरहेको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी–२’ सँगै ‘गदर–२’ रिलिज भएको थियो । ‘ओएमजी–२’ ले पनि बक्स अफिसमा राम्रो कमाई गरे पनि ‘गदर–२’ लाई खासै प्रभाव पार्न सकेन । त्यसको दुई सातापछि आयुष्मान खुराना स्टारर फिल्म ‘ड्रिमगर्ल–२’ रिलिज भएको थियो र यो नयाँ फिल्म रिलिज भएपछि पनि ‘गदर–२’ ले राम्रो कमाई गरिरहेको छ ।

‘ड्रिम गर्ल–२’ ले पनि आइतबार ८.१० करोड कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन ८६.१६ करोड पुगेको छ । आयुष्मान खुराना र अनन्या पाण्डे अभिनित यो फिल्म अहिले १०० करोड क्लबमा सामेल हुन लागेको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ७ : २८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन