वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा  | Khabarhub Khabarhub

वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ।

शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म सभागृहमा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

काठमाडौँ क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका रिजालको भाइरल निमोनियाबाट आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । 

उनी केहीदिन अघि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा डेंगीको संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान निधन भएको हो । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ११ : २२ बजे

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको