बक्स अफिसमा ड्रिम गर्ल–२ को राम्रो प्रदर्शन « Khabarhub

बक्स अफिसमा ड्रिम गर्ल–२ को राम्रो प्रदर्शन


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयुष्मान खुरानाको पछिल्लो चलचित्र ड्रिम गर्ल–२ को बक्स अफिसमा राम्रो प्रदर्शन भइरहेको छ । यसबीच आयुष्मानले पूर्व क्रिकेटर सौरभ गांगुलीको जीवनीमा आधारित ‘दादा’ को भूमिका निभाउने विषयमा छलफल भएको छ ।

यसअघि चलचित्रमा रणवीर कपुरले गांगुलीको मुख्य भूमिका निभाउने बताइएको छ । रिपोर्टअनुसार आयुष्मानले यस विषयलाई पुष्टि नगरे पनि उनले रिपोर्टलाई खारेज पनि गरेका छैनन् । उनले भनेका छन्, ‘म यसबारे अहिले केही भन्दिनँ । हामीले औपचारिक घोषणा पखर्नु पर्नेछ ।’

रिपोर्टका अनुसार यस वर्षको अन्त्यसम्ममा चलचित्रको सुटिङ सुरु हुनेछ । गत मे २६ मेमा निर्माता लव रञ्जन र अङ्कुर गर्ग गांगुलीसँग भेट्न कोलकाता पुगेका थिए ।

चलचित्रको विषयमा गांगुली र निर्माताबीच विस्तृत छलफल भएको थियो । निर्देशकले समेत गांगुलीसँग उनको जीवनको रोचक घटनाबारे कुराकानी गरेका छन् ।

चलचित्रको स्क्रिप्ट लेखनको काम पुरा भएको छ । चलचित्रमा उनको निजी जीवनमाथि धेरै ध्यान दिइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै