लमजुङमा २९ नयाँ उद्योग दर्ता « Khabarhub

लमजुङमा २९ नयाँ उद्योग दर्ता


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०-०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

थपिएका उद्योगमा सबैभन्दा धेरै कृषि तथा वन पैदावारमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग ४ वटा, उत्पादकमूलक उद्योग २ वटा र साझेदारी एक गरी २९ नयाँ उद्योग थप भएका हुन् ।

सोही अवधिमा ७ वटा उद्योग खारेजी र ६८ उद्योग नवीकरण भएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन । थापाका अनुसार गत साउनमा वाणिज्य तर्फ भने १८ नयाँ फर्म दर्ता, ८१ वटा नवीकरण १३ वटा खारेजी भएका छन् । उद्योग, वाणिज्य दर्ता नवीकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा ३ लाख ५१ हजार सात सय ५२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।

कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९-०८० मा २ सय ९१ उद्योग दर्ता भएका थिए । विगत चार वर्षको उद्योग दर्ता संख्या हेर्ने हो भने गत वर्ष उद्योग दर्तामा कमी आएको छ । कार्यालयमा आर्थिक वर्ष ०७६-०७७ मा ६ सय ६९, ०७७-०७८ मा ९ सय ७० र अघिल्लो आर्थिक वर्ष ०७८-०७९ मा ६ सय ८८ उद्योग दर्ता भएका थिए ।

वाणिज्य तर्फ भने ०७७-०७८ मा ६४०, ०७८-०७९ मा ४ सय १० र गएको आर्थिक वर्ष ०७९-०८० मा २ सय ८ फर्म दर्ता भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ४ : ५४ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने