सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश « Khabarhub

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको थियो ।

न्यायाधीश कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरूले त्यही माग गरेका थिए ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन