लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढाउँछौँ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढाउँछौँ : मन्त्री बस्नेत


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै उक्त सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गरे । 

काठमाडौँ उपत्यकाको विद्युत् माग सन् २०५० सम्ममा तीन हजार दुई सय मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौँ वरिपरि र भित्री सडकमा दुई सय २० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेको छ ।

प्राधिकरणले लप्सीफेदी सबस्टेसन निर्माणस्थलभित्र लामो समयदेखि भोगचलन गर्दै आएका दर्ता बाँकी अर्थात् फिल्डबुकमा मोहीको नाम कायम भएको तर लालपूर्जा नभएका जग्गाको समेत क्षतिपूर्ति (मुआब्जा) दिएको छ ।

आनन्दशम्शेरको राणाको नाममा रहेको उक्त जग्गा हदबन्दीमा परेर नेपाल सरकार र मोहीको नाममा आउनुपर्नेमा २५ जनाको करिब ४५ रोपनी जग्गाको मोहीको लालपुर्जा बनेको थिएन । जग्गाको स्वामित्व अन्योल थियो भने जग्गाको मोही फिल्डबुकमा मात्र देखिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयबाट मोहीको आधा भागको शतप्रतिशत र नेपाल सरकारको आधा भागको पनि भोगचलनको आधारमा ९० प्रतिशत गरी कुल ९५ प्रतिशत मुआब्जा रकम २५ जना लालपुर्जा नभएका मोहीलाई दिइएको छ ।

तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइनअन्तर्गत शङ्खरापुर नगरपालिका–३ मा चारवटा टावर निर्माणमा अवरोध छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत् काठमाडौँ उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइन निर्माणाधीन छ । यसैगरी लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत् छिराउन चाँगुनारायण सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माण हुँदैछ । चाँगुनारायणमा एक सय ३२ केभी सबस्टेसन निर्माणाधीन छ ।

तामाकोसी–काठमाडौँ चार सय केभी प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबिसेसम्मको ४४ किलोमिटर प्रसारण लाइनमा एक सय १८ वटा टावर पर्दछ । दोस्रो खण्डमा बाह्रबिसे–लप्सीफेदीसम्मको ४६ किलोमिटर प्रसारण लाइनमा एक सय २२ वटा टावर पर्दछ । 

आजको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, सहसचिव सन्दीपकुमार देव, सहसचिव दीपक लामिछाने, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शङ्खरापुर–३ का वडाध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : १४ बजे

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र

भोजपुर– भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

सिड्नी– अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ ।

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पा– पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन

ट्रमा सेन्टर बनाउन ६४६ रुख काटिने

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो