'आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका' | Khabarhub Khabarhub

‘आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आज आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा २००७, २०४६ र २०६२-६३ को राजनीतिक परिवर्तन भएको जनाउँदै आर्थिक क्रान्तिको मार्गमा देशलाई अगाडि बढाउन पनि कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताए ।

‘अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ ।  यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ’, उनले भने, ‘नेपालको खेल जगत्लाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।’

खेलाडीले व्यक्तिगत आकाङ्क्षालाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने धारणा राखे । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : १३ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने