चौतर्फी आलोचनापछि साम्राज्ञीले लेखिन– हात्ती लम्किँदै गर्छ..‍. (१० नयाँ तस्वीर सहित) | Khabarhub Khabarhub

चौतर्फी आलोचनापछि साम्राज्ञीले लेखिन– हात्ती लम्किँदै गर्छ..‍. (१० नयाँ तस्वीर सहित)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय चर्चामा रहेकी साम्राज्ञी राज्यलक्ष्मी शाह हालै सार्वजनिक भएका केही तस्वीरका कारण आलोचित बनिन् । आलोचनासँगै ट्रोलको शिकार बनेकी साम्राज्ञीले उक्त तस्वीरका विषयमा मुख खोलेकी छिन् ।

उनले सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते भुके हजार’ पोस्ट गर्दै आफ्नो सार्वजनिक तस्विरका विषयमा प्रतिक्रिया जनाएकी हुन् । उनले घुमाउरो तरिकामा आफूलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी छिन् ।

‘मारुनी’ र ‘रातोटिका निधारमा’को छायांकन सकिए पश्चात उनी इन्डोनेसियाको बालीमा घुमघाममा व्यस्त छिन् । घुमघामकै क्रममा बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्वीरका कारण उनको चौतर्फी आलोचना भइरहेको छ ।

रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

त्यसो त साम्राज्ञीले तस्वीरका कारण आलोचित भए पनि त्यसको कुनै प्रवाह गरेकी छैनन् । बाली भ्रमणका केही नयाँ तस्वीरहरु पनि इन्टाग्राममा शेयर गरेकी छिन्–

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ३८ बजे

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको

वारेस राख्न माधव नेपाललाई विशेष अदालतले दिएन अनुमति

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न