बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते | Khabarhub Khabarhub

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी – चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । आज मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो । मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ । सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए। घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ । उनले भने, “बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो । हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ ।”

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए । आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो । चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १० : ०१ बजे

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का 

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

जवाफदेही निकाय जिम्मेवार नभए गालीमात्रै गर्नेको वाहवाही : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही निकाय सधैँ जिम्मेवार हुनुपर्ने बताएका