देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्ने « Khabarhub

देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्ने


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : १६ बजे

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै