आज विश्व फिजियोथेरापी दिवस। आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिना औषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ। यहि कुरालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ र हाम्रो शरीरमा लागेका कतिपय रोग धेरै औषधि खाँदा पनि निको नहुने हुन्छन्। कुनै रोगलाई औषधि भन्दा पनि व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ। औषधि नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गर्न सकिन्छ। त्यस्तो विधिलाई वा उपचार पद्धतिलाई फिजियोथेरापी भनिन्छ। फिजियोथेरापी के हो ? कसरी गरिन्छ र यसका पइदा के के छन् ? लगायतका विषयमा आधारित रहेर फिजियोथेरापिस्ट डा. मञ्जु ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश :
फिजियोथेरापी भनेको के हो ?
फिजियोथेरापी व्यापक विषय हो। फिजियोथेरापी भित्र नशारोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रीक, कार्डियो गरेर विभिन्न विशेषज्ञ हुन्छन्। फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ। हृदयको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्छ ।
फिजियोथेरापी भित्र नशा रोग, अर्थोपेडिक, स्पोस मेडिसिन, अप्सेन गाइनिक, कम्युनिटी पेडियाक्ट्रिक, कार्डियोका विभिन्न विशेषज्ञ हुन्छन्। उनीहरूको सहकार्यमा नै यो उपचार विधि अपनाइन्छ। रोग निको बनाउन मात्रै होइन रोग नै रोकथामको लागि फिजियोथेरापीले मद्दत गर्छ। हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशीको दुखाइ, शरीर झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षाघात जस्ता समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ।
फिजियोथेरापी कस्तो अवस्थामा गर्ने ?
बालबालिकादेखि वृद्धवृद्धा सबै समूहका व्यक्तिका लागि फिजियोथेरापी प्रभावकारी बनेको छ । ढाड, कम्मर, गर्दन दुख्दा, हाड जोर्नी तथा नसासम्बन्धी समस्या, प्यारालाइसिससम्बन्धी समस्या, श्वासप्रश्वासको समस्या, मांसपेशीसम्बन्धी समस्या, आङ खसेको समस्या, जन्मजात देखिएका समस्या, प्रजनन तथा स्त्री रोगसम्बन्धी समस्या, कुनै दुर्घटनामा चोटपटक लाग्दा, अपांगतासम्बन्धी समस्यालगायतमा फिजियोथेरापी गर्न सकिन्छ।
सानो बच्चालाई पेडियाट्रिक फिजियोथेरापिस्टले हाडजोर्नी नशा सम्बन्धी समस्या छ भने फिजियोथेरापी गराउन सकिन्छ। मेडिसिन, न्युरो, कार्डियोमा पनि उपयोगी बनेको छ । प्यारालाइसिस, विभिन्न प्रकारको बाथका बिरामी, ढाड मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका बिरामीलाई पनि फिजियोबाट उपचार गर्न सकिन्छ।
फिजियोथेरापी गर्दाका फाइदा के के छन् ?
फिजियोथेरापी गर्दाका फाइदाहरु धेरै छन्। जसमा यस विधिबाट उपचारपछि शरीरमा कुनै पनि नकारात्मक असर वा साइड इफेक्ट हुँदैन। किनकी यो बिना औषधिको प्रयोगले नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ।
रोगसँग लड्ने क्षमता बढाइ सरुवा रोगको जोखिम घटाउनमा मद्दत गर्छ। फिजियोथेरापीले लामो समय अफिसमा एकै ठाउँमा बसेर काम गर्दा शरीरका विभिन्न भागको दुखाइ कम गर्न र शरीरका अंगहरू मजबुत बनाउँछ । फिजियोथेरापी गर्दा शरीरलाई स्वस्थ भएको महसुस हुने र मानसिक स्वास्थ्य सुधार हुने र आत्मबल बढ्ने हुन्छ।
प्रजनन तथा स्त्रीरोगसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्दछ। शारीरिक दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्छ। कसैलाई ब्रेन स्ट्रोक भएको छ भने केही समय मात्र फिजियोथेरापी गरेपछि म्याक्सिमम रिकोभरी हुन्छ। सुगर र प्रेसर जस्ता दीर्घ रोग लाई बिग्रन नदिई मेन्टेन गरी बिरामीको शारीरिक क्षमतामा वृद्धि गर्छ।
जन्मजात अपाङ्गता भएका वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउन महत्त्वपूर्ण भूमिका खेल्छ। ढाड, कम्मर, गर्दन दुख्दा वा हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएमा वा प्यारालाइसिससम्बन्धी समस्यालाई पनि कम गर्न मद्दत गर्छ।
शरीरमा कुनै पनि समस्या आउन नदिन के के कुरामा ध्यान दिने त ?
यसको लागि कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्नुपर्ने, दैनिक रुपमा बिहान आधा वा एक घन्टा हिँड्ने र धेरै औषधि खाँदा पनि निको नभएको कुनै रोग छ भने फिजियोथेरापिस्टसँग एक पटक सम्पर्क गर्नुपर्छ।













प्रतिक्रिया