राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई | Khabarhub Khabarhub

राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोशी प्रदेश सरकार गठनमा भएका गतिविधि र अदालतले दिएको परमादेशलाई संकेत गर्दै हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरेका छन्। 

सत्ताधारी दलले प्रदेशमा दुईदुई पटक संविधान र कानून मिचेर सभामुख/सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गर्नु कुनै हालतमा राम्रो नभएको उनको तर्क छ । उनले अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गरेको बताएका छन् । 

डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको उल्लेख गरेका छन् । अब यसबारे कुनै किन्तु–परन्तु गर्ने ठाउँ र समय नरहेको भन्दै उनले देश र जनतालाई माया गर्नेहरू सबै गम्भीर बन्नु जरुरी रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत् भइरहेको समेत बताए ।

एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी/बाबाहरूको भेषमा जनताको अग्रगामी/लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ४५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-२

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला– जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती