महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित « Khabarhub

महिला टी–२० विश्वकप छनोट : थाइल्याण्डसँग नेपाल पराजित


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

मलेसियाको बाङ्गीमा आज भएको सेमिफाइनलमा नेपाल थाइल्याण्डसँग ४८ रनले पराजित भएको हो । पराजित भएसँगै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अपूरो भएको छ ।

थाइल्यान्डले जितका लागि दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रन बनाउँदै अलआउट भयो ।

नेपालकी कविता कुवँरले अविजित १७ रन बनाइन् । यस्तै, कविता जोशी र अप्सरी बेगमले १०–१० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

थाइल्याण्डका कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।

थाइल्याण्डकी नान्नापत खोन्चरोएनकाईले ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । यस्तै, नट्थाकन चान्थम्ले ३१ रन जोडिन् । नेपालकी कविता कुँवर र पूजा महतोले १–१ विकेट लिए ।

यो खेलमा विजेता भएसँगै थाइल्याण्डले टी–ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाएको छ ।

अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : २४ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र