नतिजामुखी काममा लाग्न कर्मचारीलाई मन्त्री अनिता देवीको निर्देशन | Khabarhub Khabarhub

नतिजामुखी काममा लाग्न कर्मचारीलाई मन्त्री अनिता देवीको निर्देशन


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय , मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । 

बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिइन् ।  

निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र संकटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताइन् । 

संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट संघीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उनले जानकारी दिइन् ।

सो ऐन संसद्बाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि संघीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्यौलता अन्त्य हुने उहाँले विश्वास व्यक्त गरिन्। उनले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षासमेत गरिन् । 

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इमान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिइन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १२ : ५२ बजे

जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

गण्डकी प्रदेशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२-८३ को बजेटमाथि

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती

भारतद्वारा मस्कको स्टारलिंकलाई लाइसेन्स प्रदान

एजेन्सी– नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान

माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

चितवन– यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ