‘मामाघर अनाथालय’लाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता | Khabarhub Khabarhub

‘मामाघर अनाथालय’लाई सहयोग गर्ने मन्त्री आचार्यको प्रतिबद्धता


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अनाथालय आश्रममा भइरहेको श्रीमद्भागवत कथा श्रवण गर्दै मन्त्री आचार्यले अनाथ बालबालिका, असहाय महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सशक्त नागरिकको संरक्षण तथा सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताए ।

अनाथालयको उद्घाटन गर्दै मन्त्री आचार्यले गोदावरी नगरपालिका–३ र १४ वडासित पनि अनाथालयलाई सहयोग गर्न आग्रह गरे । पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सो अवसरमा अनाथालयलाई रु १० हजार दान गरे । हिन्दु धर्मबारे नयाँपुस्तालाई बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सनातन धर्मलाई जोगाउनु अतिआवश्यक भएको बताए ।  

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : २१ बजे

तेहरान छाड्न आफ्ना नागरिकलाई भारतको अनुरोध

काठमाडौं – भारतले इरानको राजधानी तेहरानमा भएका आफ्नो नागरिकलाई त्यो

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको