कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न | Khabarhub Khabarhub

कर्णालीको सबैभन्दा ठूलो जात्रा सम्पन्न


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा कर्णालीको सबैभन्दा ठूलो र लामो जात्रा सम्पन्न भएको छ । स्थानीयवासीको बाक्लो उपस्थितिमा लाखे काटेर रथ यात्रा गरेपछि जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ ।  

विसं १९५३ देखि सुरु गरिएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले जानकारी दिए । प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने गरेको छ। महासचिव अधिकारीले भने, ‘जिल्लामा लाखे नचाउने र देउडा खेल्ने चलन रहेको छ । यो संस्कृति विशेषगरी मल्लकालीन सभ्यताबाट सुरुआत हुँदै आएको इतिहास छ । 

त्यस सभ्यताले जन्माएको संस्कृति मुलुकका थुप्रै जिल्लामा बर्सेनि धुमधामसँग मनाउने गरिन्छ ।’ सदरमुकाम खलङ्गामा जात्रा बर्सेनि धुमधामका साथ मनाइने गरिएको अधिकारीको भनाइ छ । 

जात्राका जानकार चित्रलाल श्रेष्ठका अनुसार वर्षैपिच्छे मनाइँदै आएको जात्राले वर्षभरि काम गरेका कर्णालीलगायत हिमाली जिल्लाका सर्वसाधारणको थकान मेटाई तथा मनोरञ्जन दिनुका साथै संस्कृतिको पनि संरक्षण गरेको छ । जात्राका लागि जुम्लाका ग्रामीण बस्तीबाट मानिस सदरमुकाममा बाक्लोरूपमा भित्रिएका थिए । जात्रामा जिल्ला प्रशासन, नेपाली सेना र नेपाल प्रहरीले पनि आफ्नो संलग्नताका साथ संस्कृतिलाई पनि संरक्षण गर्दै आएको छ ।

जात्रामा नेपाली सेना तथा नेपाल प्रहरीले आशा गुर्जा, बालगोपाललाई भित्र्याएकोमा श्रीकृष्ण सलामी दिने र लाखेकाटेपछि सेनाको लस्करसहित सलामी अर्पणसहित लामो रथयात्रा गरिसकेपछि सम्पन्न गरिने चलन रहेको छ । 

जानकार विष्णुप्रसाद उपाध्यायले अन्तिम दिन बडिमालिकाबाट ल्याइएको सामग्रीको सरकारी रथ र नागरिकले बनाएको रथसँगै मिसाएर चन्दननाथ मन्दिरमा सामग्री चढाउने, लाखे काट्ने र सलामी दिने प्रचलन रहेको बताए । कृष्ण अष्टमीको दिन रातको १२ बजे कृष्ण जन्मिने र यसपछि देउडा खेल खेलेर रमाइलो गर्ने चलन छ । 

करिब एक साता लामो जात्रा हेर्न जुम्लामा डोल्पा, मुगु, दैलेख, कालिकोट, जाजरकोट सुर्खेत र रुकुम जिल्लाका मानिस आउने गरेको जात्रा व्यवस्थापन समिति जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ५८ बजे

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही

बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा

काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् ।

काभ्रेको थुम्कीमा पहिरोले घर बगायो, चार जना बेपत्ता

काभ्रे– काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ ।

मनोहराले बगाएर ल्यायो ग्यास बुलेट, लिकेजपछि च्यासल क्षेत्रमा त्रास

काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर

ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई अन्तै सारियो

काठमाडौं– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी