उच्च अधिकारीहरूको सम्पत्तिमा पारदर्शिताको लागि युक्रेनी नागरिकको आग्रह | Khabarhub Khabarhub

उच्च अधिकारीहरूको सम्पत्तिमा पारदर्शिताको लागि युक्रेनी नागरिकको आग्रह


२२ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका दशौं हजार नागरिकले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अधिकारीहरूको सम्पत्तिको अनलाइन घोषणामा सार्वजनिक पहुँच सुनिश्चित गर्न माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका छन् ।

सार्वजनिक व्यक्तित्वहरूलाई गिरफ्तार गर्ने वा बर्खास्त गर्ने थुप्रै भ्रष्टाचार प्रकरणबीच यो आक्रोश आएको छ ।

युक्रेनी राष्ट्रपतिको वेबसाइटमा राखिएको निवेदनमा भनिएको छ, “अहिले युक्रेनी नागरिकसँग सरकारी सम्पत्ती लुकाउनु भनेको देशमा भएको सम्पूर्ण भ्रष्टाचारलाई ढाकछोप गर्नु हो ।”

बुधबार प्रकाशित उक्त निवेदनमा ८३ हजारभन्दा बढी मत प्राप्त भइसकेको छ, जसमा राष्ट्रपतिले विचार गर्नुपर्ने २५ हजार सङ्ख्याको ‘थ्रेसहोल्ड’ पार भएकोे छ ।

यस याचिकामा राष्ट्रपतिले यसै हप्ता दोस्रो पटक संसदले पारित गरेको कानूनको मस्यौदामा भिटो लगाउन आग्रह गरिएको छ, जसले अधिकारीहरूको लागि अनिवार्य इलेक्ट्रोनिक सम्पत्ति घोषणालाई पुनः स्थापित गर्नेछ । तर उनीहरूलाई अर्को एक वर्षको लागि सार्वजनिक आँखाबाट टाढा राख्नेछ ।

निवेदनमा भनिएको छ, “नागरिक र पत्रकारहरू अधिकारीहरूको कार्यको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्धको मुख्य सुरक्षा कवचबाट बञ्चित भएका छन् ।”

कीएभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजीले जुलाईको अन्त्यमा सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार ८९ प्रतिशत युक्रेनी नागरिकले भ्रष्टाचारलाई गम्भीर समस्या मानेका छन् ।

युक्रेनी गैरसरकारी संस्था भ्रष्टाचारविरूद्धको प्रतिकार्य केन्द्रले भनेको छ, “यो कानुनले जनता र पत्रकारलाई अधिकारीहरूलाई नियन्त्रण गर्न अनुमति दिनेछैन ।”

हालैका महिनाहरूमा धेरै भ्रष्टाचारका काण्डहरूले रक्षा मन्त्रालयलाई प्रभावित बनाएको छ । यसै प्रकरणसँग नाम जोर्डिपछि रक्षामन्त्री ओलेक्सी रेजनिकोभले राजीनामा दिएका छन् ।

गत बिहीबार अर्बपति व्यवसायी इगोर कोलोमोइस्कीलाई युक्रेनको भ्रष्टाचार विरोधी निकायले आफूले स्थापना गरेको बैंकबाट रकम हिनामिना गरेको आरोप लगाएको थियो । गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गरेयता जेलेन्स्कीले युक्रेनमा भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : २७ बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई