मानव बेचबिखनको आरोपमा एक जना पक्राउ « Khabarhub

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ


२२ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन् । पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्सासमा रहेका अमेरिकी नागरिकता लिएका ५२ वर्षीय मुदुल भन्ने हस्त गौतम पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएको जनाइएको छ । गौतमले पर्यटक भिसाको चरम दुरुपयोग गर्दै हालसम्म दुई सय जना नेपाली नागरिकलाई अमेरिका पठाइसकेको, दुई करोडभन्दा बढी रकम ठगेको र १२ जना नेपालीलाई अमेरिका पठाइदिने आश्वासनमा विभिन्न मुलुकमा पठाएर अलपत्र पारेको खुल्न आएको छ ।

गौतमले विभिन्न प्रलोभन देखाउँदै अमेरिका पठाउने नाममा नेपाली नागरिकलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङलगायत मुलुक पुर्याएका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  १० : ३१ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने