मोरक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ जनाको मृत्यु | Khabarhub Khabarhub

मोरक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ जनाको मृत्यु


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मोरक्को- मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।

भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौजताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलालयुसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । 

शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा  बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । 

ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतिको विस्तृत विवरण प्राप्त भएको छैन । 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  २ : २३ बजे

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त

भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त

मिथिलामा राखी पर्वको रौनक

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ

अधियाँ खेतीमै निर्भर भूमिहीन परिवार

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका कान्छा चौधरी बिहान सबेरै

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा मनाइने जनैपूर्णिमालगायत विभिन्न पर्वले