भ्रष्ट व्यवस्थाको अन्त्यबिना मुलुक जोगाउन गाह्रो : कमल थापा « Khabarhub

भ्रष्ट व्यवस्थाको अन्त्यबिना मुलुक जोगाउन गाह्रो : कमल थापा


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्यबिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।

पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिबर्तनबाट सम्भव नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको विकल्प नभएको दावी गरे ।

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलाएर विधिको शासनको चिरहरण गरेको बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको उनले बताए ।

राजादेखि विप्लव माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र, सर्वधर्म समभवपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधव खत्री जिल्ला अध्यक्ष श्यामप्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालनबारे आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ३ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन