भ्रष्ट व्यवस्थाको अन्त्यबिना मुलुक जोगाउन गाह्रो : कमल थापा | Khabarhub Khabarhub

भ्रष्ट व्यवस्थाको अन्त्यबिना मुलुक जोगाउन गाह्रो : कमल थापा


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्यबिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।

पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिबर्तनबाट सम्भव नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको विकल्प नभएको दावी गरे ।

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केही पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलाएर विधिको शासनको चिरहरण गरेको बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनु नपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको उनले बताए ।

राजादेखि विप्लव माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र, सर्वधर्म समभवपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधव खत्री जिल्ला अध्यक्ष श्यामप्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालनबारे आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ३ : ३१ बजे

जनैपूर्णिमा : सामूहिक रूपमा जनै लगाउँदै बटुकहरू (तस्बिरहरू)

काठमाडौं– जनै पूर्णिमाको अवसरमा शनिबार पशुपतिस्थित संस्कृत विद्या पीठमा बटुकहरुले

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त

भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त

मिथिलामा राखी पर्वको रौनक

महोत्तरी– साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका  मिथिला क्षेत्रमा

रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ

अधियाँ खेतीमै निर्भर भूमिहीन परिवार

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ नौखरीका कान्छा चौधरी बिहान सबेरै