कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ?  « Khabarhub

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ? 


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.5k
Shares
  • change font
  • change font
  • change font

पूर्वीय दर्शनमा ऋषिमुनिहरूले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरूको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । जसमा कता फर्केर, कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ ।

वास्तुशास्त्र अनुसार पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ । उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुनुका साथै दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने हुन्छ ।

पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुने भनिएको छ । वैज्ञानिक पक्ष अनुसार पृथ्वीमा चुम्बकीय तत्त्वको प्रभाव हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ ।

जसका कारण दक्षिणतर्फ शिर राखेर सुत्दा यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन् । फलस्वरूप बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन् ।

तर, उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ । ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ । यसको साइड इफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ । यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्न सक्छ ।

पूर्वी दिशामा सिरानी बनाएर सुत्दा यसले स्वास्थ्य एवम् मानसिकतामा राम्रो प्रभाव पार्छ । जसमा सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो मानिँदैन ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ५८ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि