जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी « Khabarhub

जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको नयाँ दिल्लीमा हिजो सुरु भएको जी–२० को १८औँ शिखर सम्मेलनले ‘नयाँदिल्ली लिडर्स घोषणापत्र’ सार्वजनिक गरेको छ ।

सम्मेलनले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा गर्नुका साथै युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र तयार भएको छ ।

घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएको बीबीसीले जनाएको छ ।

यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।

घोषणापत्रलाई रुसले सन्तुलित भनेको छ भने युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले घोषणापत्रमा कडा शब्दहरू समावेश नगरिएको भन्दै निराशा ब्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै