जुम्ला-मनाङ सडकको काम तीव्र गतिमा | Khabarhub Khabarhub

जुम्ला-मनाङ सडकको काम तीव्र गतिमा


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्र गतिमा अघि बढाइएको छ । सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सवइञ्जिनियर वीरेन्द्र रावलले जानकारी दिए ।

जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ । निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ । सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उनले जानकारी दिए ।

सडक निर्माणलाई तीव्रता दिन इञ्जिनियर चित्र चौलागाई, सवइञ्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताए ।

पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसिसि प्रयोग गरिएको छ । सडक निर्माणका लागि कार्यालयले रु नौ करोड ६३ लाखमा थोदुङ कन्ट्रक्सन काठमाडौँसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८१ पुसभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ०९ बजे

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो