घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ? « Khabarhub

घरमा परेवाले गुँड लगाउनु राम्रो कि नराम्रो ?


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । वास्तुशास्त्रमा पशुपक्षी, कीरा घरमा प्रवेश गर्दा वा अनौठो व्यवहार देखाउँदा शुभ–अशुभ दुवै फल प्राप्त हुने बताइएको छ । जीवजन्तुका घटना र व्यवहारलाई वास्तु शास्त्रमा सङ्केतका रूपमा समेत बुझिन्छ ।

धेरैको घरमा परेवाले गुँड लगाएको देखिन्छ । गाउँघरतिर आफैँले जोडी परेवा किनेर ल्याएर पनि पाल्ने गर्छन् । परेवा एक शान्त स्वभावको पन्छी हो । जसका कारण जो कोहीले पनि परेवालाई अत्यन्तै मन पराउँछन् ।

परेवालाई माता लक्ष्मीको भक्त मानिन्छ । तसर्थ जुन घरमा परेवाको गुँड हुन्छ त्यस घरमा सदैव सुखशान्ति हुने मान्यता छ ।

विभिन्न मठ मन्दिरहरूमा गएर मानिस परेवालाई दैनिक पानी दाना दिने गर्छन् । परेवाले कसैको घर वरपर गुँड बनायो भने उनीहरूमा सकारात्मक प्रभाव पर्न सक्ने कयौँ विश्वास छ ।

वास्तुशास्त्र अनुसार कसैको घरमा परेवा आउन थालेको छ वा वरपर आफैँ गुँड बनाएर बसेको छ भने घरमा सुख, शान्ति र उन्नति मिल्ने सङ्केत हुनसक्छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ३० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा