साउदीमा नेपाली महिलाको तीज कार्यक्रम   « Khabarhub

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम  


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो ।

तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत मिलाइएको थियो । 

परदेशमा रहेर पनि नेपाली महिलाहरू रातो पहिरनमा एकै साथ नाच्दा विशिष्ट प्रकारको आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले बताए ।

तीज जस्तो पर्वले हामी सबैलाई जोड्ने र चेलीबेटीको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए । कार्यक्रम एनआरएनए आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ३६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका