युरो क्षेत्रको आर्थिक वृद्धि शून्य दशमलव आठ प्रतिशतमा खुम्चिने प्रक्षेपण « Khabarhub

युरो क्षेत्रको आर्थिक वृद्धि शून्य दशमलव आठ प्रतिशतमा खुम्चिने प्रक्षेपण


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धि दर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।

युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ ।

आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ । युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’ लाई इङ्गित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भने, “यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्त ऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धिको गति निम्त्याएको छ ।”

सन् २०२३ का लागि २७ राष्ट्र सम्मिलित ईयूको आर्थिक वृद्धि दरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ । सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र (युरोजोन) १.३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ । ईयूको आर्थिक वृद्धि दर आगामी वर्ष १.४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ ।

युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतकोतुलनाभन्दा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहने अनुमान गरिएको छ । युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को (२.८ प्रतिशत) को तुलनामा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ०९ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स