चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिविरुद्ध काठमाडौँमा प्रदर्शन « Khabarhub

चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिविरुद्ध काठमाडौँमा प्रदर्शन


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विवादास्पद अभिव्यक्तिविरुद्ध नाराबाजी गर्दै काठमाडौँमा र्‍याली निकालेको छ । 

प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाइदैन जस्ता नारा लगाएका थिए । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको रैली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

संविधानसभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए । 

चिनियाँ राजदूत सोङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए। नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको थपे। उनले यस विषयमा नेपाल सरकारले कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग समेत गरे।

अभियानका महासचिव डा प्रभात कुशवाहाले र्‍यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गर्नु रहेको बताए । उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन र भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए । उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए । 

रैलीमा अभियानको महिला संयोजक रीता साह, मधेश सम्पर्क समिती काठमाडौका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका युवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादब, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी भए। 

चिनियाँ राजदूत चेन सोङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताए ।

चेङको भनाइको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छ्न् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ६ : ०९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग