पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु « Khabarhub

पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे ।

सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब चुलोचौकोमा मात्र सीमित छैनन् ।” उनले तीज परम्परागत पर्व भएकाले बढी खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिए ।

टेवानले महोत्सव आयोजना गरेर तीज पर्वलाई उत्पादन र पर्यटनसँग जोडेकामा खुसी व्यक्त गरे । पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले महोत्सवले पोखराको पर्यटन बजारलाई चलायमान बनाउने धारणा राखे ।

उनले पोखराको पर्यटन विकासका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष विमला गुरुङले तीज पर्वले महिलाबीचको एकतालाई सुदृढ गर्नुपर्ने उल्लेख गरिन् ।

उनले बदलिँदो समयअनुसार तीज पर्व मनाउने तरिका परिस्कृत हुँदै जानु स्वभाविक रहेको जनाइन् । टेवानका अध्यक्ष कमला गिरीले तीज पर्वको जगेर्नाका साथै महिला उद्यम प्रवर्द्धनको उद्देश्य लिएर महोत्सव आयोजना गरिएको बताइन् ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनीमा राखिएको छ । बुधबारसम्म चल्ने महोत्सवमा प्रदेशस्तरीय तीज गीत, महिला हाजिरीजवाफ, महिला भलिबल तथा दौडलगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिइन् । महोत्सवमा कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ५८ बजे

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ

युद्धविराम लम्बिँदा तनाव यथावत्

एजेन्सी– इरानसँगको बढ्दो तनावलाई वार्तामार्फत समाधानतर्फ लैजान अमेरिकी राष्ट्रपति डोनाल्ड

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको