पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु | Khabarhub Khabarhub

पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको लेकसाइडमा तीनदिने ‘तीज सांस्कृतिक महोत्सव–२०८०’ सुरु भएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवानद्वारा आयोजित महोत्सवको आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उद्घाटन गरे ।

सो अवसरमा उनले महिला मुलुक हाक्न सक्ने शक्ति भएको बताए । “महिला पुरुषको वैशाखी हैनन्, मुलुक हाक्ने मेरुदण्ड हुन्”, मन्त्री गुरुङले भने, “महिला दिदीबहिनीहरु अब चुलोचौकोमा मात्र सीमित छैनन् ।” उनले तीज परम्परागत पर्व भएकाले बढी खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिए ।

टेवानले महोत्सव आयोजना गरेर तीज पर्वलाई उत्पादन र पर्यटनसँग जोडेकामा खुसी व्यक्त गरे । पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले महोत्सवले पोखराको पर्यटन बजारलाई चलायमान बनाउने धारणा राखे ।

उनले पोखराको पर्यटन विकासका लागि यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष विमला गुरुङले तीज पर्वले महिलाबीचको एकतालाई सुदृढ गर्नुपर्ने उल्लेख गरिन् ।

उनले बदलिँदो समयअनुसार तीज पर्व मनाउने तरिका परिस्कृत हुँदै जानु स्वभाविक रहेको जनाइन् । टेवानका अध्यक्ष कमला गिरीले तीज पर्वको जगेर्नाका साथै महिला उद्यम प्रवर्द्धनको उद्देश्य लिएर महोत्सव आयोजना गरिएको बताइन् ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिलाले तयार गरेका हस्तकलाका सामग्रीको बिक्री तथा प्रदर्शनीमा राखिएको छ । बुधबारसम्म चल्ने महोत्सवमा प्रदेशस्तरीय तीज गीत, महिला हाजिरीजवाफ, महिला भलिबल तथा दौडलगायत प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरीले जानकारी दिइन् । महोत्सवमा कलाकारहरुको प्रस्तुति पनि रहने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ५८ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म