सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई नगरपालिका वडा नम्बर ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा प्यारागन एकेडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगलबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्‍याइएको थियो । उनलाई हस्पिटलमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

हाल दुर्घटनामा संलग्न बोलेरो जिपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : २६ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी