समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित | Khabarhub Khabarhub

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा स्थगित गरिएको बताइएको छ ।

सभालाई सम्बोधन गर्नका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज बिहान त्यसतर्फ जाने तयारीमा थिए ।

जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भने हिजो नै धनगढी पुगिसकेका थिए ।

यसअघि भदौ १३ गतेका लागि तय भएको सन्देशसभा नेत्रविक्रम चन्द ‘विप्लव’ नजाने भए पछि स्थगित गरेर आजका लागि निर्धारण गरिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ५४ बजे

आपसी सद्भावका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध

बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब

स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

काठमाडौंं– २५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौं– यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ